साहित्यको यो पन्ना

हरेक विहान झिसमिसेमा
त्रासदीको तुवाँलो वीच थरथर काप्दै
मैले खवर कागत पल्टाउँछु
र खोज्छु आफ्नै नामका समवेदना सन्देशहरू
म वेदना हीनताको
समवेदनाका प्रायोजित शब्दहरूवीच
एक कप चियाको लागि
समवेदना विज्ञापनको कमिसन संझन्छु
र फेरि एकपल्ट मर्न व्यग्र हुन्छु
समवेदनाको सास्कृतिक उत्सवमा
नीरोको नेपाली बासुरिहरू
शंखको कर्कश एकोहोरो आवाजहरू
मृत्युवेदनाका शतिप्रथाकालिन
एकोहोरो पञ्चेवाजाहरू
पुन पुन सुन्न उद्यत हुन्छु
किनकि हरेक विहान राजमार्गमा
लस्कर लागेका यात्रीहरू नेर
ससस्त्र वुद्धका मूर्तीहरू देखेर
हतार हतार न्यायालय पुग्दा
साक्षीको कठघरामा असरल्ल जल्न वाँकी हन्छन्
गीताका अन्तिम पानाहरू
हरेक बिहान
हेरेर आफ्नै समवेदना सन्देश
म चुपचाप उभिएकी छु
जिजीविषाका याचनातीत
एकजोर आखाहरू बोकेर

म ओइलाएको कोपिला 

नटिप हेर कसैले मलाई

म त ओइलाई झरेको फूल हुँ
मेरो कर्म यस्तै छ,मर्म नलेउ
सिर्जनाको एक महाभुल हुँ
कुनै फूलमा बस्न पाउछौ भने
नाशम्झ मलाई म त्यसतै छु
मेरो त गन्ध आउछ,दुसित बनाउला
आभागी हु म यस्तै छु
पबित्र मन्दिरमा सिगारिउला 
त्यो अब मलाई आश छैन 
सडि गली झरीसके
मुठि भरी पनि श्वास छैन
माया र ममता चाहिन्न अब 
पिर्थ्बिकै काखम पडिरहन देउ
कसैले खुटटाले कुल्चे पनि
हट नभन उसलाइ,कुल्चन देउ

क्रान्ती फलोस् देशैभरी

यही गजलको जन्म सँगै आँधी चलोस् देशैभरी,
राष्ट्रघाती बिरुद्धमा राँको बलोस् देशैभरी,
अरबौँका भत्ता कुम्ल्याई सम्बिधाननै नतुर्‍याउने,
लज्जाहिन बेशरमका मियो ढलोस् देशैभरी ,
निकासशुन्य अन्योल यो निम्त्याउनेलाई 
नेपालीले जेठ १४ मा खोजी खोजी कालो दलोस् देशैभरी 
ँधै हाम्रो भबिष्यलाई सत्ता दाउमा राखी राखी
आफ्नै दुनो सोझ्याउनेका बाटो जलोस् देशैभरी
नेपाल अनी नेपालीका सम्ब्रिद्धीको दैलो थुन्ने
सैतानलाई तह लाउने क्रान्ती फलोस् देशैभरी   
लालकाजी श्रेष्ठ"कमल" नीलकण्ठ-५ धादिङ  
झन्डै एकबर्ष पहिला लेखिएको यो गजलको सान्दर्भिकता अझै उस्तै देख्दा म साँच्चै दुखी छु .     

लालकाजी श्रेष्ठ