असार महिनाको पन्ध्र गते हाम्रो नेपाली समाजमा दही-चिउरा खाने परम्परा छ । आˆनो घरमा दुहुना गाई/भैसी नहुनेले पनि किनेर, खोजेर, मागेर ल्याएर पनि खाने चाड मान्ने चलन छ । सबैका घरमा धेरथोर दही-चिउरा तयार हुन्छ । यस वर्षको मनसुन ढिलो प्रारम्भ भएको कारण पानी परेको छैन । सिचाइको अभावमा जमिन मुख बाएर बसेका छन् । अधिकांश आकाशे खेत बाझो पल्टेका छन् । थोरै कुलो लाग्ने खेतको पनि रोपाइ थालनी भएको छैन । राकसे बूढाको धेरैजसो खेत पानी पट्ने हुनाले खेतको काम भ्याइनभ्याइ छ । गाउमा राकसे बूढा आफैा पनि खेतमा दिन बिताउाछन् । हली, गोरु बिहानै खेतमा पुग्दछन् । आफू र जन-वन झण्डै बराबरी लगाउाछन् ।
सााझमा पानी छिट्याएजस्तो भएको थियो । बाहिर काममा जानेहरू अलि ढिलो घरमा भित्रिन आउने गर्थे । खेतको काम प्रशस्त हुने गथ्र्यो । दिन लामा, रात छोटा हुादा थकाई मार्दै काम गर्दा पनि कामको भाग बढी देखाउन सकिने । जोत्ने, आली काट्ने, बियाड उखेल्ने, रोप्ने आदि काम गर्नुपर्ने । खेतको कामको व्यस्तता छ भने बारीको कामको पनि व्यस्तता थपिन लाग्या छ । अघौटे मकै पूरै पाकेर भााच्ने समय भएको छ र पाकेको मकैलाई सुगाले ज्यादै खेदो गर्छ । केटाकेटी लगाएर टिन ठटाएर हाहा-स्यूास्यूा गरेर धपाउन बाध्य हुनपर्छ । अझ नजिक बाासझ्याङ्ग भएका स्थानमा त मकैको खेदो पाइलो गर्छ सुगाले । मकैको घोगैपिच्छे सुगा सलबलाउाछन् र ठुङ्छन् ।
राकसे बूढाको गाईले सााझ दूध दिएन, दुहुन बसेको नरमानलाई लात्तीले हानेर बलड्यान खेलाइदियो । नरमान तीन हात पर उछिट्टयिो । गोबरमा लटपटिन पुग्यो । नरमानले गाईको फााचो धुन मात्र के लागेको थियो, ढुङ्ग्राको पानी पोखिनुको साथै ढुङ्ग्रो विपरीत दिशामा घोप्टिन पुग्यो गाईको खुट्टाले । गोबरमा लटपटिएको शरीर लिएर नरमान जेठीमैयाालाई गाईले दूध नदिएको खबर सुनाउन पुग्यो । कोठीको चामल झिकेर नाङ्लोमा राखेर निफन्दै थिइन् जेठीमैयाा । के कुतल पर्यो । घाास पनि पुगेन कि भनेर चर्चा भएन, त्यतातिर कसैको ध्यान गएन ।
नाङ्लामा केलाउादै गरेको चामल भान्साकोठामा राखेर जेठीमैया सारी सुर्कदै आागनमा आइन् । ठूलो स्वरले "कुन रााडीले गाईलाई टुनामुना गरिदियो भनेर कराउन लागिन् । कुन रााडीका आाखा र छौडा लागे भन्दै आागनमा चक्कर काटिन् । बूढीका आाखा राता भए । चाडबाडका दिन अनेकथरिका रााडहरूलाई यहीा गाड्न मुन्ट्याउाछन् । ए नरमान जा धामी बोलाउन, पुछारघरे साहिला घरमा आइपुग्या होला, बोक्सी रााडीहरूको करामत हो । ब्याएको तीन महिना भएको छ ।" जेठीमैयााको आाखा गाईको थलामा घुम्न सकेन । गाईको थलामा घाास छ, छैन । चरणबाट आउादा गाईले पेट उकासो, उकासेन । दिउासो खोले पनि पायो पाएन आदिबारे जेठीमैयााको सोच पुगेन ।
दूध किन दिएन भन्नेतिर मात्र मन कुतकुत्तियो, आक्रोशित मात्र भइन् बूढी । बेला न कुबेला रााडीहरू घर-आागन-गुवाली चाहार्न आउाछन् । दशथरिका प्रश्न सोध्न तम्सिन्छन् । तरकारी, नून भुटुन चाहिन्छ बजिनीहरूलाई, रााडीहरूको केही खाएको न पाएको बोक्सी रााडी छिर्किनी गर्न आएकी थिई, उसैको नजर लागे क्यार । शोभ सालधुप र झुम्रो सल्काएर गाईको तारैतिर घुमाई दे, त्यही केही क्षणपछि नजर भगाएर दिन्छिन् कि जेठीमैयााको आक्रोश थामियो यति भन्दै ।
बुहारी शोभा सालधुप खोजेर, घुमाउनतिर लागी । सासूका वचन कानमा थापिरही, केही जवाफ गर्न सकिन । सासूका मुखबाट व्यक्त भएका असभ्य शब्दहरूसाग ऊ सहमत भने थिइन । शोभालाई बोक्सी विद्या भन्ने कुरीतिगत सोचाइमा त्यति विश्वास थिएन । विरोध गर्ने आाट पनि भएन ।
अलिकति घाास थपिदिन्छु, पेट उकासेपछि केही क्षणमा दिन्छ कि बाच्छो बााधेको छु । नरमानले नरम जेठीमैयाालाई जवाफ गर्यो । मकैको थाङ्ग्राको बलामा ल्याएर रित्तो ढुङ्ग्रो झुण्ड्यायो ।
केही क्षणपछि बूढीको बक्बक् पुनः प्रारम्भ भयो । जथाभावी कुरा छाद्न थालिन् । दिउासो त्यही लखवेश्या पापिनी सङ्गारे आइमाई उमेरमै पोइलाई अघि लगाएर, दुईवटी छोरी चेपेर जीवन घिसार्दै छनि, नक्कली विधवा भएर पनि कोरीबाटी गरेर हिाड्छे । चाउरी परेको गालाको मुजा थाहा छैन । छोरी पधलेर पोइ खोजेर हिाड्न आाट्याछन् । आमालाई बैासले छाडेको छैन । केही क्षणअघि मुन्टेकी थिई यहा । बजिनी निकै समयसम्म थच्चिई । बारह सत्ताइस कुरा बखानी । त्यसको देवर विदेश गएर पैसा कुम्ल्याएर पठाएको समाचारसमेत फलाक्थी । त्यस बजिनीको देवरले पठाएको सम्पत्तिसाग हाम्रो के नातो र स्वार्थ । चोथालेको देवर थियो, पोइ बनाएको हो कि, पैसा पठाइदिएकाले सुखका दिन आए भन्थी ।
नरमान बूढीका कुरा कान थाप्दै गुवालीको बलेसीमा घुर बाल्दै थियो । मच्छडले गाई-गोरु ज्यादै छट्पटाएका थिए । वषर्ा यस्तै हो । गोवरग्यास र बिजुलीको कारण र पानी नजिकै जमेपछि भुसुना र मच्छड लाग्नु स्वाभाविकै हुन्छ नि, गर्मी पनि त अति छ ।
पर दोबाटोको छेउमा सञ्जयले आमाको चर्को स्वर सुनेको थियो । केही नबोली सरासर आागनमा आएर उभियो । आमालाई भान्साकोठामा बसेर जथाभावी फलाक्दै गरेको देख्यो, सुन्यो । आमा यसरी किन उम्लिरहेकी थिइन् । ज्वालामुखी पड्केजस्तै । आखिर यो फलाको र ईष्र्या, डाह कोमाथि खन्याएको हो बुझ्न चाहृयो ।
आमाको आवेग र आक्रोश कम गर्न, शालिन तरिकाले नरम स्वरमा सञ्जयले सोध्यो ? के भयो आमा, किन यसरी ठूलो स्वरले जथाभावी गाली गर्दै हुनुहुन्छ । घरमा त नरमान र बुहारी मात्र छन् । बुइनी पनि देखिएकी छैन । साना नानीहरूलाई तपाईंका यी शब्द वाणसाग कुनै साइनो र सम्बन्ध हुादैन । भयो के ?
"बाबु खेतबाट दिनभरिको कामले लखतरान भएर खेतालाका साथ आउादै हुनुहुन्छ ।"
दिनभरि बजारमा घुमेर आएको छस् ता, पाहुनाजस्तो भएर टुपलुकिएझैा । घरमा कस्तो घटना घट्छ, कस्ता मान्छेले के टुनामुना गरेर जान्छन् । घरमा परेको बिघ्नबाधामा न उमेर पुगेकी छोरीलाई चासो छ, न बुहारीलाई, न जागिर खाएको छोरालाई । हण्डर खेप्नुपर्ने त हामी दुई जोई-पोइले मात्र त हो नि । उमेरले बूढो भनेर पार पाइएको छैन । हण्डर र मुक्तमान कति भोग्नु, जीवनभरि दुःख गर्न लेखिया रहेछ । दिनभरि घरमा बसेर अनेकौा लण्ठा भोग्नु न हो ।
"कमसेकम तपाईंले बुझेको, तपाईंलाई मर्का परेको झ्याउला पन्साउन परेको दिकदारी चोट हाम्रा सामु राम्रो तरिकाले बुझाएर भने पो न्याय, अन्याय र मर्का कस्तो पथ्र्यो बुझ्न पाए पो बोल्नु त", सञ्जयले आमालाई कडा शब्द भावभङ्गी मिलाएर आागनको कुर्सीमा बस्तै व्यक्त गर्यो ।
पार्वती र शोभा पनि आागनमा आएर त्यही समयमा ठिङ्ग उभिए । उनीहरूको अनुहार गम्भीर चिन्तायुक्त देखिन्थ्यो । एक प्रकार स्थिति बेग्लै हुन गयो । वास्तविक कुरा खोतल्नु सञ्जयको कर्तव्य नै थियो । सबै जना आागन र दलानमा भेला भए । जेठीमैयाले उठाएको रडाको बारे पार्वती र शोभा अनभिज्ञ नै थिए । मेलोमेसो नै थिएन । झोल घोप्ट्याएजस्तो अनुहार पारेर नरमानले भन्यो गाईले दूध दिएन ।
गाई सबेरै बााधेको, खोलेपानी पनि दिन भ्याएको थिएन । खेतको चटारोले सबको ध्यान खेततिर केन्दि्रत भएको छ । शोभाले घोसेमुन्टो लगाएर डराई डराई भनी । सञ्जयले बोल्न नपाउादै बूढी सबका सामु कुर्लिन् । मसली आएकी थिई, थोरै बात चुटेर गई । रााडीका मुखका दाात झरेका छन् । अनुहार हेर्दै बोक्सीजस्ती लाग्छे । पोतो बसेको अनुहार छ । लेघ्रो तानेर चिप्लाई घसेर बोलेर गाड्छन् । काकीको त गाई दूध दिादै छ, थाकेको छैन । मेरो भैासी त थाक्यो, साटोपाटोको चााजोपााजो मिलाउन भनेको भनेर लेघ्रो तान्थी । निकै समय थचारिई । काम न काजकी बजिनीलाई पिाधमा फोका उठुञ्जेल बसे पनि के बित्ने लवस्तरीको । के तन्तर मन्तर गरेर गई, गाईले टाङमुनि बस्न दिएन । नरमानलाई नै पल्टाई दियो । तिमीहरूलाई भाग बस्न पाए भई हाल्ने, पुर्याउनु टार्नुसाग कुनै सरोकार छैन । छोराबुहारी र छोरीको सामु भुत्भुताएपछि बूढीको रिस आधा घट्यो । एकपल्ट आाखा फर्काएर पूर्वी आकाश हेरेर मौन भइन् । शोभा केही नबोली भान्सामा प्रवेश गरिन् । पेटभरि घाास खान दिउा दूध, देला नि । गाईवस्तु यदाकदा यस्तो भइहाल्छ नि । आमाको बानी पनि ठीक छैन क्या । बढी अर्कालाई आरोप र दोष लगाउनुहुन्छ पार्वतीले आˆनो मनको कुरा गरी ।
आमाले टिप्पा खाइन् । तालाई लवस्तरी, नक्कली । लाद्रो भर्न पाए भइहाल्छ । पोइको घर खान सकिनस् । बाबु र दाजुको कमाईमा भाउजूलाई कजाएर खान पल्केकी छस् र गोडा पसारेर हसुर्छेस् । टार्न पुर्याउने मान्छे दोषी हुन्छ । टार्नु पुर्याउनु नपर्नेलाई सधैा हाइसञ्चो ।
निकै गम खाएर सञ्जयले आमाको रिसलाई कम गर्ने प्रयत्न गर्यो । आमालाई सम्झाउने किसिमले भन्यो तपाईंले जीवनको लामो यात्रा पार लाउनुभएको छ । सत्तरीको नजिक पुग्नु भो । केश फुलेर हिमालजस्तै सेता भएका छन् । तपाईंको रिस कम भएको छैन । दायााबायाा बुझ्न हुन्न । कसैसाग रिस उठ्नेबित्तिकै बोक्सीको आरोपमा मान्छेलाई मुछ्नु हुन्न । अपराध हुन्छ । सक्नेले मुद्दा लगाइदिन सक्छन् । दाात झर्नेबित्तिकै बोक्सी हुादैन । विधवा अथवा एकल महिला हुनु अपराध होइन, बाध्यता हो । तपाईंका छोरा छन् । उनका छोरी मात्र छन् । तपाईंसाग सम्पत्ति छ, उनी गरिब छिन् । आफूले सम्मान पाउन अर्काको पनि सम्मान गर्न जान्नुपर्छ ।
सञ्जयले यति लामो कुरा गर्दा जेठीमैयाा कान थापेर सुनिरहिन् । एक शब्द पनि फर्काउन सकिनन् । आफूले गल्ती गरेको महसुस गरेर जवाफ नफर्काएको हुनसक्छ । बूढीको अनुहार मलिन भएको र पश्चाताप महसुस गरेको जस्तो लाग्दथ्यो ।
केही क्षणको मौनतापछि सञ्जयले आˆना कुरा फेरि भन्न थाल्यो बिचरी मसली भाउजूले भैासीको दूध बेचेर छोरी पढाएकी छन् । देवरले विदेशबाट पैसा पठाइदिन थाल्या छ । सुखका दिन आए भनेर खुसी छन् । नागरिकता बनाइदिन अधिकार पाए महिलाले छोराछोरीको नागरिकता बनाउन अब देवर-जेठाजुको शरण पर्न परेन गाईले दूध नदिनुको कारण त पेटभरि खोले-घाास खान नपाएर पो त हो त । बुढेसकालमा सम्मान खोज्नेकी अपमान । तपाईंले व्यक्त गरेका शब्दहरू र शब्दवाण मसली भाउजूले थाहा पाइन् भने के हुन्छ ? जीवनको नियति यस्तै कठोर हुन्छ कि नरम ?
सञ्जयले सम्झाएपछि जेठीमैयाको रिस केही कम त भयो तर भुत्भुताउन भने केहीबेरसम्म थामिएकी थिइनन् । के युग आयोआयो हगेका लिाडको शासन सहनुपर्ने, लाद्रो भर्न पाएपछि जे बोल्दा पनि हुने, अरूले पचाई दिनुपर्ने त्यसो त अब संसारमा भगवान् पनि छैनन्, धामी, झााक्री, ज्योतिषी सब नष्ट भए, बोक्सी नभए धामी किन चाहियो । गोठको धूप किन गर्ने, कुलाइन पूजा किन गर्ने ? आदि बकवासपछि बूढी भित्र प्रवेश गरिन् ।
पार्वती र शोभा केही बोलेनन् । नरमान गाईलाई खोले दिन थाल्यो । सञ्जयले घरमा भएका सबैले सुन्ने गरी पुनः आˆनो भनाइ राख्ने प्रयत्न गर्यो ।
विगतको युग नै त्यस्तै थियो, मान्छेले आˆनो शक्ति चिन्न-बुझ्न सकेका थिएनन्, अाध्यारो युगमा निरीह भएर बााचेका थिए, एक्लो जीवन बिताएका थिए । भौतिक प्रगति भएको थिएन । अाध्यारो युगले दिएको गलत संस्कृति र अन्धविश्वास हो । बोक्सीका कुरा अब गर्दै हिाड्नु अपराध हुन्छ । अब हामी नयाा युगमा प्रवेश गरेका छौा । भोलि उमेर, सम्पत्ति र छोराको धाक नदेखाई मसली भाउजूसाग यी आज व्यक्त गरेका बकवास र आरोप अब आइन्दा कसैलाई लगाउने छैन भनेर माफी माग्नुपर्छ भन्दै सञ्जयले आमालाई सम्झायो ।
सञ्जयका घरमा भएका कुरा थाहा पाएर हो या नपाई हो, मसली भाउजू बिहान सबेरै त्यस घरमा आइन् । राकसे बूढाका घरपरिवार सब चुपचाप भए । मसलीले जेठीमैयाालाई नमस्कार गर्दै आागनको कुर्सी तानेर बसिन् । केही क्षण सब मौन रहे । मसलीसाग बोल्ने आाट गरेनन् । केही क्षणको मौनतापछि मसली आफैाले भनिन्- "काकी तपाईंलाई देख्दा आमा देखेजस्तै लाग्दथ्यो र आदर गर्दथेा । कसैको नम्रता, श्रद्धा र आदर्शलाई कमजोरी ठानेर दशथरिका आरोप लगाउन कति निन्दनीय छ" भन्दै बसेको ठाउाबाट उठेर बाटो लागिन् । कसैले पनि उनलाई बस भन्न सकेनन् र विषय र प्रयोजन पनि कोट्याउन चाहेनन् । – -उदयपुर, गाईघाट
|
भाग्य |
|
|
पत्रपत्रिकामा आलिसान महल बनाउने व्यक्तिको सूचीमा कमरेड किशोरको नाम पनि थियो । कमरेड मोहनले यसलाई अचम्भको घटनाको रूपमा लिएका थिए र स्वाभाविक घटनाको रूपमा पनि । अचम्भको घटना यस अर्थमा कि उनले कहिले सपनामा पनि सोचेका थिएनन् कमरेड किशोर यसरी सुकुम्बासीबाट महलवासी हुन पुग्लान् तर यथार्थ यही थियो । सत्य यही थियो ।
कमरेड मोहनले कमरेड किशोरसित एकसाथ राजनीति सुरु गरेका हुन् भन्दा पनि हुन्छ । त्यतिबेला दुवै जना बनारसमा शास्त्री पढ्दथे । दुवै जना पुष्पलालको सम्पर्कमा आए । उनका राजनीतिक क्लास लिए । उनीहरूलाई कालिदासको शकुन्तला र मेघदूतभन्दा पुष्पलालको राजनीतिक व्याख्यान राम्रो लाग्यो । प्रभावकारी लाग्यो । कालिदासको शकुन्तला र मेघदूत पढ्दा उनीहरूलाई कताकता हराएकोजस्तो लाग्दथ्यो । कताकता जङ्गली युगमा पुगेजस्तो पनि लाग्दथ्यो । कताकता तिलस्मी दुनियाँमा हराएकोजस्तो पनि लाग्दथ्यो तर जब उनीहरूले पुष्पलालको राजनीतिक व्याख्या र विश्लेषण सुन्दथे उनीहरूलाई आफ्नै इतिहास पढेजस्तो लाग्दथ्यो । आफ्नै कथा पढेजस्तो लाग्दथ्यो । कति बेला त उनीहरूलाई शास्त्रीको किताबहरू बनारसको कुनै एउटा गल्लीमा मिल्काएर झोला बोकी नेपालमा तुरुन्त क्रान्ति गर्न जाउँजस्तो पनि लाग्दथ्यो । बन्दुक बोकौाजस्तो पनि लाग्दथ्यो ।
त्यतिबेला नै वी.पी. कोइराला पनि नेपालमा सशस्त्र सङ्घर्ष गर्न भनेर बनारसमा नै पुगेका थिए । उनले सारनाथलाई क्रान्तिको हेडक्वाटरजस्तो बनाएका थिए । वी.पी. कोइरालाको नेपालमा सशस्त्र क्रान्ति गर्ने कुरोले पनि कमरेड किशोर र मोहनलाई थप प्रभाव पारेको थियो । उनीहरूमा जागेको क्रान्तिकारी भावनालाई थप ऊर्जा दिएको थियो ।
त्यतिबेला नै नक्सलवादी आन्दोलनको प्रभावमा नेपालमा झापा विद्रोह भएको थियो । झापालीहरूले सामन्तका टाउका गिाडेर नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न गर्ने उद्घोषण गरेका छन् भन्ने कुराको चर्चा बनारसका गल्लीगल्लीमा पनि हुन थालेको थियो । बनारसका पसल पसलमा पनि हुन थालेको थियो । झापा विद्रोहको आवाज सुनेर बनारसमा अध्ययन गरिरहेका कैयौा युवकहरू नेपाल फर्किने मनस्थितिमा पुगेका थिए । झापा विद्रोहको प्रभावमा परेर कति युवकहरूले पुष्पलालले अब नेपालमा क्रान्ति गर्दैनन् भन्न थालेका थिए । यही अवस्थामा कमरेड मोहनविक्रमका गद्दार पुष्पलाल निस्क्यो । गद्दार पुष्पलाल लेखेकोमा कतिले मोहनविक्रमको कडा आलोचना गरे । कतिले भने मोहनविक्रमको गद्दार पुष्पलाललाई राम्रै पुस्तक माने ।
बनारसमा शास्त्री पढ्न बसेका किशोर र मोहनलाई हरेक घटनाले असर पारिरहेको स्थिति थियो । उनीहरूलाई हरेक घटनाले सकारात्मक प्रभाव पनि पारेको थियो । नकारात्मक प्रभाव पनि ।
पुष्पलालले नेपालमा क्रान्ति गर्दैनन् कमरेड । क्रान्ति गर्ने भनेको झापालीहरूले नै हो । पुष्पलाललाई मोहनविक्रम पनि संशोधनवादी भन्छन् । झापालीहरूले पनि संशोधनवादी भन्छन् । पुष्पलाल पक्कै संशोधनवादी रहेछन् । संशोधनवादीहरूले कहिले क्रान्ति गर्न सक्दैनन् । हामीले कि पुष्पलालबाट विद्रोह गरेर अर्को छुट्टै क्रान्तिकारी पार्टी बनाउनुपर्दछ कि नेपाल गएर झापाली हुनुपर्दछ । बन्दुक बोक्न पर्दछ । दूध विनायकको एउटा चिया पसलमा बसेर गद्दार पुप्पलाल लेखेको पुस्तकका पाना पल्टाउँदै कमरेड किशोरले निकै जोसिादै भने ।
कमरेडका कुरा मैले गलत मान्दिन तर म अहिले न पुष्पलाललाई छोड्ने मनस्थितिमा छु न त नेपालमा गएर बन्दुक नै बोक्ने अवस्थामा । चिया पसलमा राखेको दैनिक जागरण पल्टाउँदै भने मोहनले ।
मनमा क्रान्तिको ज्वाला उठेपछि त्यो शान्त हुन सक्दोरहेनछ । कसैको मनमा एक किसिमले क्रान्तिको भूत चढेपछि त्यो त्यत्तिकै चुपचाप बस्न सक्दोरहेनछ । सायद यही भएर पनि होला कमरेड किशोर एक सााझ बनारसबाट रेल चढेर नेपालको साइत गरे ।
नेपाल पुग्नेबित्तिकै उनको सम्पर्क झापालीहरूको राजनीतिक सङ्गठन कोकेसित हुन पुग्यो । पछि कोके हुँदै उनी माले हुन पुगे । त्यतिबेला भूमिगत पार्टीको रूपमा क्रियाशील नेकपा मालेको नेता मात्र होइन कार्यकर्ता हुनु पनि निकै धैरै
कार्यालय सरेको सूचना |
कोठा ठूलो र फर्निचरले खचाखच भरिएको थियो । पिएको टेबुलबाहेक सबै कुर्सी पर्याप्त सङ्ख्यामा थिएन, 'कतै कुर्सी खाली भए बस्नु हुन्थ्यो' को सङ्ख्या पनि पर्याप्त थियो । कहिले भीडसाग वार्ता, अन्तर्वार्ता, कहिले फाइलसाग मन्त्री कक्षको भित्र बाहिर, कहिले फोन र टिपोट । पिए थियो अत्यन्त व्यस्त । भीड थियो पालोका लागि आतुर । एघार बजेदेखि पालो पर्खेर बसेको रामानन्द शुक्लको पालो आउन दुई बज्नुपर्यो ।
"भन्नुस्, तपाईंको के छ ?"
"म विगत तीन वर्षदेखि डोल्पामा छु । त्यस्तो दुर्गममा तीन तीन वर्ष बसे । सरुवा गरी पाउाको निवेदन लिएर आएको ।"
"कुन तहमा हुनुहुन्छ?"
"कृषि अधिकृत र हाल निमित्त हाकिम पनि ।"
"अफिसको तह सोधेको होइन, हाम्रो पार्टी सङ्गठनको तह भनेको ।"
"म पार्टीमा लागेको छैन, पिए साब ।"
"पाटीको सिफारिस छ ?"
"त्यो पनि छैन ।"
"यो पनि छैन, त्यो पनि छैन, अनि डोल्पामा नबसेर कहाा बस्ने त । मैले भन्नु पर्दा त तपाईंलाई निमित्त नै धेरै छ ।"
"म सधैाभरि कर्मचारी राजनीतिमा लाग्नु हुादैन भन्ने मान्यतामा बसेा ।"
"कहाा छ तपाईंको मान्यता ?"
"निजामती सेवा ऐनमा ।"
"त्यसो भए हाकिम साहेबलाई सानो दुःख दिउ, हुन्छ ?"
"अवश्य, पिए साहेब ।" ओइलाउदै गएको रामानन्द केही उजेलियो ।
"दुर्गम जिल्लामा तीन वर्षभन्दा बढी बस्न नहुने ऐनको दफा ल्याउनु भयो भने सरुवा गर्न सजिलो होला, त्यही दुःख दिउ भनेको ।"
त्यसपछि रामानन्दसागै बसेको अर्को भीड सदस्यको पालो आयो- "ल भन्नुस् तपाईंको के छ ?" |
|
|
कोट |
सुषमा मानन्धर |
|
|
|
मेरो नाम सुराज हो । तपाइर्ं सोच्नुहुन्छ होला कस्तो नाम हो ! आमाबुबाले आˆनो नाम मिलाउन खोज्दा यस्तो नाम जुर्यो । मेरा नजिककाहरू मलाई 'सु' भन्छन् । कहिलेकाहीा त उनीहरूले यसरी बोलाउदा केटाकेटीका लागि लघुशङ्काको अर्थ लागेर हासो उठ्छ । मान्छे म भावुक छु र हाल सत्ताइसको भए । बी.ए.पास छु । मेरो घर काठमाडौ, चिकंमुगलमा पर्छ । हाल पेशाले ट्याक्सी ड्राइभर भए पनि म आफूलाई ड्राइभर भन्न रुचाउन्न । यो मेरो केही समयको लागि गरिने काम मात्र हो । मलाई पढेर अdmै धेरै गर्नुछ । स्नातक भएर पनि किन ट्याक्सी चलाइस् भनी साथीहरू भन्छन् तर जागिर खानु सजिलो कहाा छ र ? उसमाथि अहिले भनसुन नहुने कुनै ठाउ छैन । चाकरी गर्दै हिाड्नु मेरो वशको कुरा हैन । शिक्षित बेरोजगारहरूको लाममा उभिनुभन्दा यो ट्याक्सी चलाउनु कुन नराम्रो हो र ? भएको अलिकति पुजीले ट्याक्सी किनें । ड्राइभर राख्यो उसैलाई तलब दिनुपर्छ । त्यसैले अरू ड्राइभर राख्नुभन्दा आफै गाडी हाक्नु निको ठानें । फेरि आफैले चलाउने हुदा अरू ड्राइभरले जस्तो समय र रकममा पाबन्द रहनु पनि परेन । मनमौजी तालको छु, मुड भएको दिन बिहानै ट्याक्सी हाक्छु, नभए दिनभरि पनि चलाउदिन । घरमा सानो सुखी परिवार छ । आमा घरै बस्नुहुन्छ । बहिनी अझै स्कुल पढ्दै छिन् । चञ्चले स्वभावकी बहिनी-बहिनीभन्दा बढी साथीजस्ती छिन् । हरबखत मसाग जिस्किरहन्छिन् । म उसलाई औधी माया गर्छु ।
आमाले घरधन्दाको बोdm देखाएर निकैपल्ट मसाग बिहेको लागि आग्रह गरिसक्नुभयो तर अहिलेसम्म भनेजस्ती फेला नपरेकी हुदा मैले उहाको त्यो इच्छा पुर्याउनक सकिरहेको छैन । बिहेको लागि जोडी त माथि नै बाधिइसकेको हुन्छ भन्छन्, आˆनो साइत भने जुरिसकेको छैन ।
मेरो आˆनो ट्याक्सीको कुनै खास रुट छैन । मैले आˆनो ट्याक्सी कहीं पनि अड्याएको हुन्छु तर एउटा कुरा भने निश्चित छ, म प्रायः अबेरसम्म ट्याक्सी चलाउादिन । हद नाघे नौ नभए सााढे नौ । त्योभन्दा अबेरसम्म टयाक्सी चलाएको सायद अहिलेसम्म रेकर्ड छैन । एक त घरमा आमा र बहिनी मात्र, उसमाथि बहिनी म फर्की नआउन्जेल खाना कुरिरहन्छिन् । धेरैपल्ट नकुर्न भनिसकेा, बाहिर गएको मान्छे फर्किन कतिबेला हुन्छ के ठेगान तर उनी मान्दिनन् जसले गर्दा पनि बाध्य भएर मैले चााडै र्फकनुपर्छ । कुनै दिन कदाचित फर्किन ढिलो भए बहिनीको घुर्की र रिस खप्नुपर्छ । निकैबेर फकाएपछि बल्लबल्ल मान्छिन् । मलाई थाहा छ, यस्तो मनमौजी तालबाट मैले पैसा कहिल्यै कमाउन सक्दिन । बहिनीको पढाइ, उसको बिहे, घरको फेर्नुपर्ने छत ..., यी धेरै कुराहरूको जिम्मेवारी मेरो सामु टड्कारो उभिएका छन् ।
कहुन त म आफूलाई त्यति साह्रो सज्जन ठान्दिन । चाड पर्वतिर लोकल चढेकै हुन्छ, कहिलेकाहीा चुरोट पिउंछु र ल्वाङ सुपारीको लत लागेको छ ममा । तर यति भइकन पनि मैले आफूलाई नैतिकताको स्तरदेखि गिर्ने मौका भने अहिलेसम्म दिएको छैन ।
हिजो राति छिमेकी साथी केदारको घरमा पार्टी थियो, बिहे गरेछ उसले । उसको घरबाट अलि ढिलै फर्किएा, सायद अलिअलि लागेको पनि थियो मलाई । उसकी श्रीमती देखेको थिएा, केदारको तुलनामा धेरै राम्री । चिटिक्क परेको भरिएको उनको जीउडाल आकर्षक थियो । हल्का बल्बमा अनिादो केदारको कोठा, म भने उनीहरूको सुहागरात सोचेर निकैबेरसम्म सुत्न सकिनं । ओल्टेकोल्टे गर्दै मध्यरातमा मात्र बल्ल निदाएछु । त्यसैले आज बिहान उठ्दा टाउको भारी थियो । ट्याक्सी चलाउने मुडै नभए पनि ट्याक्सी लिई बाहिर निस्कन्छु । किन हो, आज दिनभरिमा केही टिप मात्र भयो । सााझ चिसो र अाध्यारो बढ्न थालेपछि घर फर्किने विचार गर्दै हुन्छु, एउटी युवती ट्याक्सीभित्र बस्छे । उसले लगाएको परˆयुमको तीव्र बासनाले टाउको दुख्छ । अगाडिको ऐनाबाट हेर्छु, आधुनिक पहिरन र मेकअपका परतहरूले पोतिएकी ऊ पूर्ण आकर्षक युवती देखिन्छे तर उसले बीस काटेकी छैन यो मेरो अनुमान होे । 'लाजिम्पाट जाउा न' ऊ भन्छे । उसको अनुरोधमा एउटा डर पनि थियो सायद ड्राइभरले अस्वीकार गरिहाल्ला कि भन्ने उसलाई लागेको हो । एक मन त लाग्छ जान्न भनुा, फर्किने बेला भइसकेको थियो । छिप्पिादै गरेको सााझ, अाध्यारो र एक्ली युवती, दिमागमा अलिकति टेन्सन भयो । म नबोली फर्केर प्रत्यक्ष उसको अनुहारमा हेर्छु । उसको गोरो अनुहार तातिएर रातो भएको छ । आाखा जुधेपछि अन्यमनस्कतामा ऊ अनुनयपूर्वक मुस्काउाछे ।
यो लास्ट टिप सोचेर गाडी उसको गन्तव्यतिर बढाउाछु । सडकका भीड, कोलाहल, र बत्तीहरू । बाटो जाम भएको छ । यो कुनै अनौठो हैन काठमाडौाको लागि । अगाडिको ऐनामा तरुनीलाई हेर्छु । उसको पहिरन र पोताई निकै भडकिलो देखिन्छ । अबेला राति एक्लै यात्रा गर्ने युवती आाटिली नै हुनुपर्छ । नत्र परिस्थिति र नियत सबैको राम्रो कहाा हुन्छ ? झ्याल बाहिर हेरिरहेका उसका आाखामा दौडिरहेका दृश्यहरू सायद थिएनन् किनकि बाहिरका कुनै पनि कुराले उसमा असर गरिरहेको थिएन ।
ट्याक्सी अगाडि गइरहेको हुन्छ । आाखाहरू सडकमा भए पनि म ऐनाबाट घरिघरि उसलाई हेर्न पुगिरहेको हुन्छु । आाखा चिम्लिरहेकी त्यस युवतीको तीखो र सुलुत्त परेको नाक आकर्षक छ । चिउाडोमा भएको अलि ठूलो त्यस्तो रातो कोठी मैले अरूमा देखेको छैन । ऐनामा देखिने उसका रसिला ओठ र भरिएका गाला पनि निकै राम्रा देखिन्छन् । यसरी बारुद भरिएर आगोको छेउ आएपछि आगो त लाग्छ नै, मानिसहरू त्यत्तिकै आगो लाग्यो भन्छन् । यसरी आएपछि नलुटिएला भन्ने पनि के छ र ? सबैजना मजस्ता कामनालाई बााध्ने पनि त हुादैनन् । "एकै छिन रोक्नुस है" । युवतीले अनुरोध गर्दा झसाग हुन्छु । सायद उसको गन्तव्य आएछ, सोच्छु । "दुई मिनेटको लागि पर्खिन सक्नुहुन्छ ? म एकजना मान्छे भेटेर आउाछु" रातिको समय अर्को ट्याक्सी नपाइएला भन्ने उसलाई पनि कत्रो पीर तर मलाई अबेर भैसकोले ऊसाग भाडा दिन अनुरोध गर्छु । "प्लिज एकैछिन मात्र हो । " ऊ अनुनय गर्न थाल्छे । मलाई थाहा छ आज फर्केर फेरि बहिनीको घुर्की हेर्नुपर्नेछ मैले । युवती ओर्लेर नजिकैको घरभित्र पस्छे तर लगत्तै बाहिर निस्की ट्याक्सीभित्र अगाडि बस्दै भन्छे, "मान्छे नै भेटिएन, भाटभटेनीमा गएका छन् रे उतै जाउं न है" उसका आाखाभरि निकै आग्रह देखिन्छन् । धर्मसङ्कटमा पर्छु । उसको कुरा मानुा घर र्फकन ढिला भैसक्यो ,नमानुा रात यो बीच सडकमा एक्ली कहाा जाली ऊ । अर्को कुनै ट्याक्सी भेटिन्छ भन्ने कुनै ग्यारेन्टी पनि छैन । हुन त कुनै अपरिचितको ठेक्का मैले लिनु जरुरी छैन । मानवतावश नै सही उसलाई गन्तव्यमा छाड्ने विचार गर्छु ।
गाडी कुदेको छ तर हामी मौन छौा । गफाडी छैन तर म प्रायः आˆनो यात्रुहरूसाग गफ गरिरहन्छु । ऊसाग के गफ गर्नु ? चालामाला देख्दैमा बोल्न मन लागेन । भाटभटेनीमा पुगेर त्यहाा पनि ऊ एउटा घरभित्र पस्छे । लौ त्यहीं हराई कि भन्ने लागेको थियो तर ऊ र्फकन्छे । "अब कता ?" को भावमा म उसलाई हेर्छु । "धोबीघाट" ऊ निकै हताश देखिसकेकी छ । अघिको उसको गोरो अनुहारमा पीडा पोतिएको जस्तो छ । ऊ लामो निश्वास छाड्छे । आफूभित्रको पीडाले वा हताशपनको कारण बेचैनीमा ऊ लाइराखेको कोट पनि फुकाल्छे । स्लिवलेश लुगामा उसका सुडौल पाखुरा...म उसबाट ध्यान अन्यत्र लान खोज्छु ।
सडक बत्तीको चहकिलो प्रकाश उसमा पर्छ । अनुहार छोपेर टाउको निहुराई रहेकी ऊ एक्कासी सुाक्कसुाक्क गर्दै रुन थाल्छे । म हतप्रभ हुन्छु, केही बुझ्दिन । सुनसान बाटो, राति एक्ली युवती यसरी टयाक्सीभित्र बसी रुदा के अर्थ लाग्ला, मलाई डर पनि लाग्यो । "प्लिज यसरी नरुनुस् न, के भयो तपाईंलाई ?" मलाई उसको रुवाइमा भन्दा पनि उसको त्यो रोदन अरूले सुनेर के आपद आइलाग्ला भन्ने पीर लाग्यो । जमाना नै खराब छ । मेरो अनुरोधपछि उसको रुवाइ कम त हुन्छ तर अझै सुकसुकाइरहेकी छ ।
धोबीघाट आएपछि ऊ चुप लाग्छे । हिक्काहरू अझै उठिरहेका हुन्छन् । विस्तारै टाउको फर्काएर ऊ मतिर हेर्छे । गाजल लत्पतिएका आाखा र नाकको टुप्पासमेत राता भएका छन् । ऊ ढोका खोली बाहिर निस्कन्छे । परिस्थितिले लाटो बनाएको म ऊसाग भाडा पनि माग्न सक्दिन न त उसैले कति भयो भनी सोध्छे । दुवै जना चुप छौैं । सायद उसले कुुनै कडा टिप्पणीको अपेक्षा गरेकी थिई जब म केही बोल्दिन ऊ आफूले फुकालेको कोट मेरो हातमा थम्याई अगाडिको मोडमा गएर हराउछे । म ऊ गएको दिशातिर हेरिरहन्छु । यो कुनै स्वप्न हो वा यथार्थ छुट्याउन गाह्रो भएझै लाग्छ । रिस उठ्छ आफैादेखि, मैले यो टिप गर्नै नहुने थियो ।
स्तब्ध छु, यो मेरो कमजोरी हो वा उदारता, यत्तिका बेर सडक नापेर आफूले पाउनुपर्ने भाडा नपाउदा पनि रोएर आˆनो असमर्थता जनाउने युवतीप्रति म आक्रोशित हुन सकिान ।
परफ्युम छर्किएको कोट मेरो हातमा छ, नरम र सिल्की । पैसाको सट्टा उठेको यो ट्याक्सी भाडा हो आजको । कोटको भित्री खल्तीमा केही भएdmैा लागेर निकाली हेर्छु । बन्द नगरिएको खामभित्र एउटा चिठी हुन्छ । अरूको चिठी पढ्नु हुदैन भन्छन्, कौतुहलवश खोल्छु ।
आदरणीय बाबा, चिठी लेख्छु भन्दाभन्दै ढिला भयो । यहाा काम खोज्न साह्रै गाह्रो रहेछ बाबा । अहिले चन्दवीर अङ्कलले एउटा काम खोजिदिनु भएको छ । त्यति गाह्रो त हैन तर थाक्छु । राति कलेज पनि जान्छु, सायद त्यसैले होला । अब बाबालाई छिटै पैसा पठाउाछु । यसपालि दाइको खुट्टाको अपरेशन गरिहाल्नुपर्छ । दाइले सक्नुभएको भए बाबालाई दुःखै हुादैनथ्यो । आशा छ, आमा सन्चै हुनुहुन्छ होला । बाबा हजुरले आˆनो खोकीको दवाइ नछुटाउनु होला । म सञ्चै छु, मेरो पीर नगर्नु होला ।
छोरी रन्जु चिठी पढेर अनायसै करुणा जाग्छ युवतीप्रति । उसले जेजस्तै काम गरिरहेकी भए पनि परिवारको निमित्त खटिरहेकी उसको सामु नतमस्तक हुन्छु । चिठी खसाल्न ठीक पारेकी उसले बिर्सेकी होली भनेर बाटोमा एकैछिन कुर्छु सायद चिठी लिन पो आइहाल्छिन् कि । त्यो बेला मात्र हैन मैले त्यसपछि पनि उसलाई अन्त कतै देखेको छैन । दुईचारपल्ट धोवीघाटतिर पनि नगएको हैन तर उसलाई भेटिना । बाटोमा कतै देखे यो उसको कोट उसैलाई फर्काएर उसाग भेटघाटलाई अगाडि बढाउन चाहेको छु । त्यही भएर यो कोट सधै साथमा लिई हिड्ने गरेको छु ।
के तपाईंले देख्नुभएको छ उसलाई ? |
|
|
|
|
No comments:
Post a Comment